नवौँ राष्ट्रिय खेलकुदः एक सय २८ पदकसहित आर्मीको अग्रता कायमै

पाेखरा | कात्तिक १, २०७९

नवौँ राष्ट्रिय खेलकुदः एक सय २८ पदकसहित आर्मीको अग्रता कायमै आइटिएफ तेक्वान्दो प्रतियोगितामा पुरुष टिम प्याटर्नतर्फ स्वर्ण पदक र महिला टिम प्याटर्नमा रजत पदक बिजेता नेपाल आर्मीका खेलाडी

पोखरा : विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ ।

 

आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । 

 

आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरूले विभागीय टोलीलाई पछ्याइरहेका छन् ।

 

विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर आर्मीलाई पछ्याइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जितेर तृतीय स्थानमा छ ।


  
बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९ पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म १० स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक जितेको छ । 


  
यसैगरी प्रदेश नं १ ले तीन स्वर्ण आठ रजत र २१ कास्यसहित ३२ पदक जित्दा मधेस प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित १२ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक ल्याएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।


 
उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन् । हालसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिनुभयो ।

 

महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुग्नुभयो । उहाँहरुले क्रमशः बागमती प्रदेशका सञ्जिता ग्लान र मधेस प्रदेशका कञ्चन पाललाई पराजित गर्नुभयो । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्